दफा २५
अन्य व्यक्तिसँग सम्झौता गर्न सक्ने
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले परियोजना कार्यान्वयन गर्ने सम्बन्धमा नेपाल सरकारको स्वीकृति लिई अन्य व्यक्तिसँग सम्झौता गर्न सक्नेछ ।
तर त्यसरी सम्झौता भएको कारणले परियोजना कार्यान्वयन गर्ने दायित्वबाट निजले छूटकारा पाउने छैन ।
(२) उपदफा (१) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले कुनै सम्झौता गरेको भए त्यस्तो सम्झौता भएको मितिले पन्ध्र दिनभित्र सो सम्झौताको प्रतिलिपि नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।